Logo

शनिवार, मंसिर १३ गते २०७७

चर्चित गायिका आस्था राउतलाई १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना हुन सक्ने !

नेपालपाना माघ १३ २०७६
  • 21.5K
    SHARES
  • चर्चित गायिका आस्था राउतलाई १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना हुन सक्ने !

    काठमाडौं । विमानस्थलमा सुरक्षार्थ खटिएकी महिला प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेकी गायिका आस्था राउतविरुद्ध कानूनी प्रक्रिया शुरु गरिएको छ ।

    राउतले गत साता विदेशबाट फर्कँदा त्रिभुवन विमानस्थलमा चेकजाँचका क्रममा प्रहरीले आफूलाई हातपातसहित दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । विमानस्थलमा प्रहरी जवान रमिशा श्रेष्ठले उनलाई चेकजाँच गरेकी थिइन । राउतले घटनापछि सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गरेर प्रहरीलाई जथाभावी गालीसमेत गरेकी थिइन् ।

    प्रहरी जवान श्रेष्ठको जाहेरीका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले माघ ५ गते आस्थाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । गायिका राउतलाई १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना हुन सक्ने सम्भावना छ । अभद्र व्यवहार कसुर’मा १ वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । 


    माघ १३, २०७६ सोमवार २०:४९:२९ बजे : प्रकाशित


    नेपालपाना

    The Social Business Platform.

    सम्बन्धितसमाचार

    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana