Logo

बुधवार, आषाढ २ गते २०७८

सरकारले डा. धनञ्जय रेग्मीलाई पर्यटन बोर्डको सीइओ बनायो

सरकारले डा. धनञ्जय रेग्मीलाई पर्यटन बोर्डको सीइओ बनायो

नेपालपाना माघ १५ २०७६
  • 10.2K
    SHARES
  • सरकारले डा. धनञ्जय रेग्मीलाई पर्यटन बोर्डको सीइओ बनायो

    काठमाडौं : सरकारले नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सरकारले डा. धनञ्जय रेग्मीलाई नियुक्त गरेको छ।

    रेग्मीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी संयोजक रहेको छनौट समितिले मंगलबार पर्यटन बोर्डको सिइओमा छनौट गरेको हो। 

    पर्यटन बोर्डको सीइओ बन्ने दौडको अन्तिम सूचीमा हिक्मत ऐर र दीपक बस्ताकोटीसमेत तीन जना थिए। गत हप्ता नै छनोट समितिले सीइओ छान्नुपर्ने भएपनि एकसाता ढिला गरी रेग्मीलाई बोर्डको कार्यकारी नेतृत्वमा ल्याएको हो।

    स्याङ्जा घर भएका रेग्मी जलवायु परिवर्तनका अध्येता र पर्यटन व्यवसायी हुन्। उनी जलविद्युतका लगानीकर्ता पनि हुन्। 

    सन् २०२० लाई नेपाल भ्रमण बर्ष घोषणा गरेपनि सरकारले यसको तालुक निकाय पर्यटन बोर्डमा नेतृत्व खाली राखेको भन्दै आलोचना भइरहेको थियो। अब रेग्मीले चार बर्षसम्म बोर्डको नेतृत्व सम्हाल्नेछन्। 

    माघ १५, २०७६ बुधवार ०३:५८:२९ बजे : प्रकाशित

    नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana