Logo

शनिवार, मंसिर १३ गते २०७७

श्रीमानलाई खुशी बनाउन नाङ्गो फोटो खिचाएपछि...

नेपालपाना माघ १६ २०७६
  • 5.7K
    SHARES
  • श्रीमानलाई खुशी बनाउन नाङ्गो फोटो खिचाएपछि...

    श्रीमानलाई खुशी बनाउन भन्दै नाङ्गो फोटो खिचाएकी एक महिलाको बिल्लीबाठ भएको छ। एक परपुरुष फोटोग्राफरसँग फोटो खिचाएर उपहारका रुपमा श्रीमानलाई नाङ्गो फोटो देखाएपछि ती महिला घरको न घाटको भएकी हुन्। 

    श्रीमतीको नाङ्गो फोटो देखेपछि श्रीमान निकै दुःखी भई यो घटनाबारे इन्टरनेट सञ्जालमा राखिदिए। अमेरिकाका ती पुरुषले शूरुमा त श्रीमतीको यस्तो फोटो देखेपछि निकै रोमाञ्चक महशुस गरे।

    पहिले त उनले महिलाको फोटो महिला फोटोग्राफरले खिचिन् होला भन्ने ठाने। तर पछि उनलाई जिज्ञासा भयो कि आफ्नी श्रीमतीलाई नाङ्गै अगाडी राखेर फोटो चाहिँ कसले खिचिदियो त? 

    यो प्रश्न उनले श्रीमतीसामु राखे। जब जवाफ पाए–उनी छाँगाबाट खसेजस्ता भए। परपुरुषका अघि त्यस्तो फोटो खिचाउनुअघि आफूलाई सोध्नुपर्ने र नसोधेका कारण श्रीमतीले ठूलो गल्ती गरेको उनले बताए। 

    दोस्रो पुरुषका अघि नाङ्गो फोटो खिचेकोमा आफूलाई निकै नराम्रो लागेको बताएपछि ती श्रीमती घर नै छाडेर हिँडेको खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले प्रकाशित गरेका छन्। 

    त्यसैले, श्रीमान/श्रीमती/प्रेमी या प्रेमिकालाई खुशी बनाउने होडमा कतै तपाइँ यस्तै हर्कत त गर्दै हुनुहुन्न ?

    विचार गर्नुस त–शयनकक्षमा एकसाथ सुत्ने र शारीरिक सम्बन्ध राख्ने क्रममा एक अर्काको भौतिक गोपनीयता थाहा भैहाल्छ। उसो भए किन नाङ्गो फोटो खिचेर आफ्नो मान्छेको चित्त दुखाउने त ?


    माघ १६, २०७६ बिहिवार ०२:०२:२३ बजे : प्रकाशित


    नेपालपाना

    The Social Business Platform.

    सम्बन्धितसमाचार

    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana