Logo

शनिवार, मंसिर १३ गते २०७७

रवीनले ‘मेरो सपनाको भारी...’ भन्दै आयो बजारमा (भिडियोसहित)

नेपालपाना माघ २४ २०७६
  • 596
    SHARES
  • रवीनले ‘मेरो सपनाको भारी...’ भन्दै आयो बजारमा (भिडियोसहित)

    काठमाडौं । रवीन कन्दङ्वाको स्वरमा रहेको गीत ‘मेरो सपनाको भारी...’ सार्वजनिक भएको छ । उदितप्रकाश सिग्देलको शब्द र हरि लम्सालको सङ्गीत र एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

    निकेश खड्काको निर्देशन रहेको गीतको भिडियोमा आकाश श्रेष्ठ, प्रियंका खड्का र रवीन लाई फिचरिङ गरिएको छ । चन्द्र चौधरीको मिक्सिङरमाष्टरिङ रहेको भिडियोमा बुद्ध थापाको छायाँकन र विकास धमलाको सम्पादन रहेको छ ।

    गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । ‘हामी सबैको मिहिनेतले एउटा राम्रो गीत स्रोतारदर्शकमाझ पस्किएका छौ, यसले स्रोता र दर्शकको मन जित्ने छ भन्नेमा आशावादी छौं’, सङ्गीतकार हरि लम्सालले भने ।


    माघ २४, २०७६ शुक्रवार २१:०९:१६ बजे : प्रकाशित


    नेपालपाना

    The Social Business Platform.

    सम्बन्धितसमाचार

    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana