Logo

शुक्रवार, मंसिर १९ गते २०७७

images

पशुपतिक्षेत्रमा हिन्दू धर्मावलम्बीको पर्व महाशिवरात्रिको तयारी

नेपालपाना फाल्गुण ४ २०७६
  • 1.0K
    SHARES
  • पशुपतिक्षेत्रमा हिन्दू धर्मावलम्बीको पर्व महाशिवरात्रिको तयारी

    काठमाडौं । वाग्मती सफाइ महाअभियानको ३५३ औँ हप्तामा महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्रको आर्यघाट, सूर्यघाट, राममन्दिर लगायत क्षेत्रमा सफाइ गरिएको छ ।

    सफाइमा १८ संस्थाका ३०० जनाभन्दा बढी अभियानकर्मी सहभागी भएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्य माला खरेलले जानकारी दिए । सफाइबाट चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको थियो ।

    वैदिक सनातन हिन्दू धर्मावलम्बीको पर्व महाशिवरात्रिका अवसरमा कोष लगायत स्थानीय संस्थाको सक्रियतामा एक हप्ता अघिदेखि नै दैनिक सफाइ अभियान समेत चलिरहेको छ । गुह्येश्वरीमाथिको वाग्मती सफाइ पनि महाशिवरात्रिका लागि वाग्मतीको पानी कञ्चन देखाउन केन्द्रित भएको छ । यस अवसरमा शनिबार सर्वेश्वर प्रतीक्षालय क्षेत्रमा विभिन्न विद्यालयका विद्यार्थीको समेत उत्साहजनक सहभागिता थियो ।

    फाल्गुण ४, २०७६ आइतवार १८:०८:३२ बजे : प्रकाशित

    नेपालपाना

    The Social Business Platform.

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana