Logo

शुक्रवार, मंसिर १९ गते २०७७

लोकप्रिय गायक दीपकको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

नेपालपाना फाल्गुण ८ २०७६
  • 664
    SHARES
  • लोकप्रिय गायक दीपकको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । लोकप्रिय गायक दीपक बज्राचार्यले ‘राति’ बोलको नयाँ गीत बजारमा ल्याएका छन् ।

    गीतमार्फत बज्राचार्यले रातलाई बाहिरी सुन्दरता र भौतिक सम्पन्नतासहितको एउटा कालो शक्तिको नमूनाका रुपमा चित्रित गरेका छन् । गीतमा संगीत पनि गायक बज्राचार्यकै रहेको छ भने शब्द रकी शाक्यले लेखेका हुन् । 

    यस्तै गीतमा प्रदीप जोशीको संगीत संयोजन छ । साथै भिडियोमा राजेश श्रेष्ठको छायांकन, उज्जवल ढकालको सम्पादन र दीपक बज्राचार्यको निर्देशन छ ।

    फाल्गुण ८, २०७६ बिहिवार ००:०८:४७ बजे : प्रकाशित

    नेपालपाना

    The Social Business Platform.

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana