Logo

शुक्रवार, मंसिर १९ गते २०७७

‘धुर्मुस’ र ‘सुन्तली’ले निर्माण गरेको चलचित्र ‘सेन्टी भाइरस’ प्रदर्शनमा 

नेपालपाना फाल्गुण ९ २०७६
  • 550
    SHARES
  • ‘धुर्मुस’ र ‘सुन्तली’ले निर्माण गरेको चलचित्र ‘सेन्टी भाइरस’ प्रदर्शनमा 

    काठमाडौं । सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले निर्माण गरेको चलचित्र ‘सेन्टी भाइरस’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ ।

    चलचित्रमा धुर्मुस-सुन्तलीसँगै दयाहाङ राई, बुद्धि तामाङ, विल्सन बिक्रम राई, कमलमणि नेपाल, राजाराम पौडेल, वसन्त भट्ट, सूर्यमाला खनाल लगायतको अभिनय छ ।

    रामबाबु गुरुङको निर्देशनमा रहेको चलचित्र ‘सेन्टी भाइरस’मा राजनराज शिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत, शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कुमार कट्टेल र दीपक आचार्यको लेखन रहेको छ ।

    यस्तै डिन्डु लामा निर्माताको रुपमा रहँदा फूर्पा लामा सह-निर्माताको रुपमा छन् । ‘सेन्टी भाइरस’ले दिने मुनाफाको २० प्रतिशत सामाजिक कार्यमा लगाउने निर्माण पक्षले यसअघि नै घोषणा गरिसकेको छ ।

    फाल्गुण ९, २०७६ शुक्रवार २०:२६:०५ बजे : प्रकाशित

    नेपालपाना

    The Social Business Platform.

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana