Logo

शुक्रवार, मंसिर १९ गते २०७७

कोरोना भाइरस पोजेटिभ भए राज्यले सम्पूर्ण उपचारको जिम्मेवारी लिन्छः स्वास्थ्यमन्त्री

चैत्र २ २०७६
  • 494
    SHARES
  • कोरोना भाइरस पोजेटिभ भए राज्यले सम्पूर्ण उपचारको जिम्मेवारी लिन्छः स्वास्थ्यमन्त्री

    काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकमा कोरोना भाइरसका बारेमा विशेष समय लिएर बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नागरिकको उपचारमा सरकार अभिभावकको भूमिका निर्वाह गर्न प्रतिबद्ध रहेको बताएका छन् । 

    मन्त्री ढकालले सरकारले नेपालमा कोरोना भाइरस प्रवेश गर्नै नदिने रणनीति सरकारले बनाएको बताउँदै यदि रोग प्रवेश गरीहालेमा नियन्त्रण र उपचारका लागि विशेष तयारी गरिरहेको बताए ।   

    उनले भने, ‘कोरोना भाइरस पोजेटिभ भए राज्यले सम्पूर्ण उपचारको जिम्मेवारी लिनेछ । सरकार जनताको स्वास्थ्य उपचारका लागि प्रतिबद्ध छ ।’ मन्त्री ढकालले सरकारले कोरोना भाइरस संक्रमणविरुद्ध विभिन्न सामाजिक संस्था, स्वास्थ्य संस्था, रेडक्रस, अस्पताल, मेडिकल कलेजहरुसँग समन्वय र सहकार्य गर्ने रणनीति बनाएको जनाए ।

    चैत्र २, २०७६ आइतवार २३:१९:२६ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana