Logo

शुक्रवार, मंसिर १९ गते २०७७

तालिबान समूहसँग आबद्ध प्रहरीले गर्यो आफ्नै ७ प्रहरी साथीको हत्या

चैत्र २ २०७६
  • 434
    SHARES
  • तालिबान समूहसँग आबद्ध प्रहरीले गर्यो आफ्नै ७ प्रहरी साथीको हत्या

    अफगान । दक्षिणी कान्दाहारको एक प्रहरी चौकीमा प्रहरीले नै चलाएको गोली लागेर सात जना प्रहरीको ज्यान गएको छ । 

    गोली चलाउने प्रहरी तालिबान समूहसँग आबद्ध रहेको दाबी गरेको छ । प्रान्तीय प्रहरी प्रवक्ता जमाल बारिक्जाईले शनिबार मध्यराति झारी जिल्लाको चारसाखी क्षेत्रमा उक्त घटना भएको जानकारी दिए।

    उनले तालिबानसँग आबद्ध देखिएका ती प्रहरी अरु साथीहरुको हत्यापछि फरार रहेको पनि बताए। ती प्रहरीको खोजी भइरहेको पनि प्रवक्ता जमालले बताए ।

    चैत्र २, २०७६ आइतवार २३:४२:१९ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana