Logo

शुक्रवार, मंसिर १९ गते २०७७

सार्कका नेताहरुको भिडियो कन्फ्रेन्समा प्रधानमन्त्री ओलीले के भने ?

चैत्र ३ २०७६
  • 1.5K
    SHARES
  • सार्कका नेताहरुको भिडियो कन्फ्रेन्समा प्रधानमन्त्री ओलीले के भने ?

    काठमाडौं । भारतीय प्रधानमन्त्रीको अग्रसरतामा कोरोना भाइरसविरुद्धको लडाईंमा साझा रणनीति बनाउनका लागि सार्कका नेताहरुबीच भिडियो कन्फ्रेन्स जारी रहेको छ । 

    सार्कका नेताहरुबीच भइरहेको भिडियो कन्फ्रेन्समा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भाइरस को कुनै संक्रमण नरहेको बताएका छन् । उनले कोरोना भाइरसको संक्रमण हुन नदिनका लागि नेपाल सरकारले पर्याप्त सावधानी अपनाएको पनि जानकारी दिए । कोरोनाभाइरस विरुद्ध सार्क सहकार्यः भिडियो कन्फरेन्समा बोल्दै प्रधानमन्त्री ओलीले रोग भित्रन नदिन सरकारी संयन्त्र ‘अलर्ट’ रहेको जानकारी दिए । 

    उनले कुनै पनि विदेशी यात्रुका लागि नेपाल प्रवेशको ‘अन अराइभल भिसा’ रद्द गरिएको, पूर्व प्रवेशाज्ञाका आधारमा नेपाल आउने विदेशी नागरिकले बढीमा सात दिन अघिको मेडिकल रिपोर्ट पेश गर्नुपर्ने र  गैरआवासीय नेपालीका हकमा पनि यही व्यवस्था गरिएको बताए । 

    कन्फ्रेन्समा मोदीसहित प्रधानमन्त्री केपी शर्मा ओली, बंगलादेशी प्रधानमन्त्री शेख हसिना, मालदिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिह, अफगानिस्तानका राष्ट्रपति अशरफ घानी, भुटानका प्रधानमन्त्री लोटे छिरिङ, श्रीलंकाली राष्ट्रपति गोताबाया राजपाक्षे सहभागी भएका छन् । 

    चैत्र ३, २०७६ सोमवार ०१:०१:५४ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana