Logo

शनिवार, मंसिर १३ गते २०७७

भारतीय प्रधानमन्त्री मोदीप्रति ओलीद्वारा आभार व्यक्त

चैत्र ३ २०७६
  • 1.0K
    SHARES
  • भारतीय प्रधानमन्त्री मोदीप्रति ओलीद्वारा आभार व्यक्त

    काठमाडौं : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई कोरोनाविरुद्ध लड्न भिडियो कन्फर्नेन्स आयोजना गरेकामा प्रधानमन्त्री केपी शर्मा ओलीले आभार व्यक्त गरेका छन्। आफ्नो स्वास्थ्यस्थितिप्रति चासो राखेकोमा भारतका प्रधानमन्त्री मोदीलगायत सार्क मुलुकका नेताहरुलाई पनि ओलीले धन्यवाद ज्ञापन समेत गरेका छन्।

    भारतीय प्रधानमन्त्री मोदीले फागुन ३० गते ट्विटमार्फत कोरोनाविरुद्ध लड्न सार्क मुलुकहरुबीच भिडियो सम्मेलन गर्न आग्रह गरेका थिए। मोदीको आग्रहलाई सार्क मुलुकहरुले स्वागत गरेका थिए। त्यसैअनुरुप आज सार्क मुलुकका कार्यकारी प्रमुखहरुबीच कोरोनाविरुद्ध लड्न भिडियो सम्मेलन भएको हो।

    सार्क मुलुकहरुका प्रमुखहरुबीच आज (आइतबार) बेलुकी ५ भएको भिडियो सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोभिड १९ भनिने कोरोना भाइरसविरुद्ध नेपालले गरेको तयारीबारे जानकारी गराएका छन्‌। 

    प्रधानमन्त्री ओलीले भिडियो सम्मेलनमा बोल्दै नेपालले कोभिडको सम्भावित जोखिमलाई ध्यान दिएर अस्पतालहरुको क्षमतावृद्धि गरिएको, आत्मरक्षा र आइसोलेसनमा जानुपर्दाको तयारी गरिएको, नेपाल भ्रमण वर्ष २०२२ तथा तेस्रो मुलुकका गतिविधि र अन्तरराष्ट्रिय सम्मेलनहरुको आयोजना स्थगन गरिएको, अन्य मुलुकबाट अनअराइभल प्रवेशाज्ञा रोकिएको, सङ्घीयस्तरमा उच्चस्तरीय रोकथाक तथा नियन्त्रण समन्वय समिति गठन गरिएको र उक्त समिति स्थानीय तहसम्म गठन गरिएको बताएका छन्। 

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट भिडियो सम्मेलनमा भाग लिँदै प्रधानमन्त्री ओलीले भने, “कोभिडविरुद्धको अभियानका लागि नेपाल सचेत रहेको छ, रोकथामका लागि हामीले धेरै पहल गरिरहेका छौँ ।”


    चैत्र ३, २०७६ सोमवार ०१:४५:१३ बजे : प्रकाशित


    सम्बन्धितसमाचार

    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana