Logo

शनिवार, मंसिर १३ गते २०७७

चीनबाहेक विश्वका सबै मुलुकमा एप्पलका सबै बिक्री केन्द्र बन्द 

चैत्र ३ २०७६
  • 551
    SHARES
  • चीनबाहेक विश्वका सबै मुलुकमा एप्पलका सबै बिक्री केन्द्र बन्द 

    एजेन्सी : अमेरिकी बहुराष्ट्रिय कम्पनी एप्पले कोभिड १९ भनिने कोरोना भाइरस संक्रमणका कारण चीनबाहेक मुलुकमा रहेका आफ्ना सबै बिक्रीकेन्द्रहरु बन्द गरकेो छ। 

    आगामी मार्चसम्मका लागि एप्पलले चीन बाहेक एप्पलका स्टोरहरु मार्च २७ सम्म बन्द गरिएको घोषणा गरेको हो। एप्पलका कार्यकारी टीम कुकले एक ट्वीट गर्दै  कोरोनाको सङ्क्रमण रोकथाममा सघाउन एक करोड ५० लाख अमेरिकी डलर सहयोगको घोषणा समेत गरेका छन्।

     

    In our workplaces and communities, we must do all we can to prevent the spread of COVID-19. Apple will be temporarily closing all stores outside of Greater China until March 27 and committing $15M to help with worldwide recovery. https://t.co/ArdMA43cFJ

    — Tim Cook (@tim_cook) March 14, 2020

    कम्पनीले चीन बाहेकका अन्य मुलुकमा रहेका आफ्ना कार्यालयका कर्मचारीलाई खुकुलो कार्यस्थलको व्यवस्था गरिएको जनाएको छ । यद्यपी, अनलाइन स्टोर भने खुलै रहने कुकले बताएका छन्।

    एप्पलले आफ्ना कर्मचारीहरुलाई घरबाटै काम गर्न सक्ने भएमा त्यसै बमोजिमको व्यवस्था गर्ने तथा कार्यालयमै आएर काम गर्नु पर्ने कर्मचारीका लागि निर्देशिका बमोजिम आवश्यक सजकता अपनाइने उल्लेख गरेको छ। चीनमा भने कोरोना नियन्त्रण नाटकीय रुपमा नियन्त्रणमा आएका कारण सबै बिक्रीकेन्द्र खुला रहने एप्पलले जनाएको छ। 

    कोरोना भाइरस सङ्क्रमणका कारण अहिलेसम्म विश्वभर झण्डै ६ हजार मानिसहरुको ज्यान गइसकेको छ।


    चैत्र ३, २०७६ सोमवार ०१:५९:०८ बजे : प्रकाशित


    सम्बन्धितसमाचार

    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana