Logo

शुक्रवार, मंसिर १९ गते २०७७

अष्ट्रियामा पाँच जनाभन्दा बढी भेला हुन नपाउने, रेष्टूराँ पनि बन्द गरिँदै

चैत्र ३ २०७६
  • 482
    SHARES
  • अष्ट्रियामा पाँच जनाभन्दा बढी भेला हुन नपाउने, रेष्टूराँ पनि बन्द गरिँदै

    कोरोना भाइरसबाट संक्रमितहरुको संख्या बढ्दै गएपछि अष्ट्रिया सरकारले पाँच जनाभन्दा बढी मानिसहरु एकै स्थानमा भेला हुन नपाउने नियम लागू गरेको छ। 

    संक्रमण रोकथामका लागि कडा नियमहरु अवलम्बन गर्ने क्रममा अष्ट्रियाले आइतबार एक निर्देशन जारी गर्दै पाँच वा सो भन्दा बढी संख्यामा मानिसहरु एकै ठाउँमा भेला हुन नपाउने गरी रोक लगाएको हो। 

    अष्ट्रिय सरकारले अनावश्यक रुपमा हुने आवागमनमा पनि कडाई गर्दै अत्यावश्यक अवस्थामा बोहक घरभन्दा बाहिर ननिस्कन आफ्ना नागरिकलाई आग्रह गरेको छ। पर्सी (मंगलबार) देखि नै देशभरका रेष्टूराँहरुसमेत बन्द गर्ने त्यहाँका सरकारी अधिकारीहरुले निर्णय गरेका छन्। 

    अष्ट्रियामा कोरोना संक्रमणका कारण एक जनाको ज्यान गएको छ भने ८०० भन्दा बढी मानिसहरुमा संक्रमण देखिएको छ। पछिल्लो एकदिनमा मात्रै त्यहाँ थप १४५ जना संक्रमित भएका छन् 

    साथै, बेलायत, नेदरल्यान्ड्स, रुस, युक्रेन, इटाली र स्वीजरल्यान्डका नागरिकलाई आफ्नो देश प्रवेशमा पनि अष्ट्रियाले प्रतिबन्ध लगाएको छ।

    चैत्र ३, २०७६ सोमवार ०२:२६:१६ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana