Logo

शनिवार, मंसिर १३ गते २०७७

कोरोना नियन्त्रण प्रयास गर्दै भारत, पाकिस्तान चाहिँ निहुँ खोज्दै

चैत्र ३ २०७६
  • 4.4K
    SHARES
  • कोरोना नियन्त्रण प्रयास गर्दै भारत, पाकिस्तान चाहिँ निहुँ खोज्दै

    काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा कोरोना रोकाथामका लागि आज (सोमबार) सार्क कार्यकारीस्तरीय भिडियो सम्मेलन आयोजना भयो।

    सार्कका सबै सदस्यराष्ट्रले भारतको यो पहलप्रति आभार व्यक्त गरिरहेका छन्। भारतले कोरोना रोकथामका लागि आपत्तकालिन कोषमा १ करोड अमेरिकी डलर (१ अर्ब १८ करोड रुपैयाँ) दिने घोषणा पनि गरेको छ 

    तर दक्षिण एसियाली व्यवस्थाको प्रमुख दोस्रो मुलुक पाकिस्तानले यो दक्षिण एसियाली क्षेत्रमा कोरोनाबाट बच्न आयोजना गरिएको सम्मेलनमा पनि बखेडा झिकेको छ।

    कोरोनाविरुद्ध लड्न भारतद्वारा १ अर्ब १८ करोड रुपैयाँ सहायता घोषणा 

    छलफलको विषय नै नरहेको भारत–पाकिस्तान विवादलाई इस्लामावादले मानव स्वास्थ्यलाई लिएर आयोजना गरिएको यस्तो संवेदनशील विषयमा पनि प्रवेश गराएको हो। जम्मु–कस्मीरमा लगाएको तथाकथित प्रतिबन्ध फिर्ता लिन भन्दै उसले भारतसँग निहुँ खोजेको हो। 

    पाकिस्तानी प्रधानमन्त्रीका राष्ट्रिय स्वास्थ्य सल्लाहकार डा. जफर मिर्जाले सार्क भिडियो सम्मेलनमा कस्मीरको विषयबारे विवाद झिकेका हुन्।


    चैत्र ३, २०७६ सोमवार ०२:४२:१६ बजे : प्रकाशित


    सम्बन्धितसमाचार

    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana