Logo

शनिवार, मंसिर १३ गते २०७७

विषाक्त रक्सी पिउँदा धनुषामा फेरि पाँचजनाको मृत्यु, ज्यान गुमाउनेको संख्या १९ पुग्यो

चैत्र ३ २०७६
  • 515
    SHARES
  • विषाक्त रक्सी पिउँदा धनुषामा फेरि पाँचजनाको मृत्यु, ज्यान गुमाउनेको संख्या १९ पुग्यो

    जनकपुरधाम : अवैध विषाक्त मदिरा सेवनका कारण धनुषामा फेरि पाँचजनाको ज्यान गएको छ। यसअघि पनि यस्तै विषाक्त मदिरा सेवनका कारण जिल्लामा एकसाताभित्रै १४ जनाको ज्यान गएको थियो। 

    पछिल्लोपटक लक्ष्मीनिया गाउँपालिका र जनकपुरधाम उपमहानगरपालिकामा विषाक्त मदिरा सेवनका कारण थप पाँच जनाले ज्यान गुमाएका हुन्। ज्यान गुमाउनेहरुमा लक्ष्मीनिया गाउँपालिका वडा नम्बर ५ बस्ने विश्वनाथ यादव, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ बस्ने जितेन्द्र सदा, वडा नम्बर ७ स्थित मुसहर वस्तिका मिथिला सदा, बनारसीदेवी सदा र झगरु सदाको मृत्यु भएको हो। 

    मृत्यु भएकाहरुको शव अहिले प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ। विषाक्त मदिरा सेवनबाट बिरामी परेका अन्य २२ जनालाई उपचारका लागि सोही अस्पतालमा राखिएको छ। 
    घटनाबारे अनुसन्धान भइरहेको र २२ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ। 

    पछिल्लो हताहतीसँगै धनुषामा एक सातामै विषाक्त मदिरा सेवनका कारण ज्यान गुमाउनेको संख्या १९ पुगेको छ।


    चैत्र ३, २०७६ सोमवार ०३:११:५९ बजे : प्रकाशित


    सम्बन्धितसमाचार

    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana