Logo

शनिवार, मंसिर १३ गते २०७७

कोरोनाको भयले अञ्चल अस्पतालमा भीड

चैत्र ३ २०७६
  • 567
    SHARES
  • कोरोनाको भयले अञ्चल अस्पतालमा भीड

    म्याग्दी। धौलागिरि अञ्चल अस्पतालमा कोरोनाको भय लिएर आउनेको सङ्ख्या बढ्दो छ । 

    विश्वभर महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसको चौतर्फी जोखिम बढेसँगै सामान्य रुघाखोकी र ज्वरो आएका बिरामी कोरोनाको आशङ्कामा हतास बनेर आउने क्रम बढेको अस्पतालले जनाएको छ । 

    देश विदेशमा कोरोनाको चर्चा सुनेको र यही बेलामा रुघाखोकी लागेकाले कोरोना आशङ्कामा परीक्षणका लागि अस्पताल आएको जैमिनी नगरपालिकाका विष्णु थापाले बताए । ‘जताततै कोरोनाकै चर्चा सुनेर मनमा एक किसिमको डर हुन्छ,’ थापाले भने, ‘यस बेलामै रुघा लाग्ने, घाँटी दुख्ने गरेकाले अस्पतालमा परीक्षण गर्न आएको हुँ ।’

    दीर्घरोगीलाई छिटो सङ्क्रमण हुने भन्दै अस्पतालमा स्वास्थ्य परीक्षणका लागि आएको लामो समयदेखि मुटु रोगबाट पीडित भएकी एैसरा रानाले जानकारी दिए । धौलागिरि अञ्चल अस्पतालमा व्यावहारिक अभ्यासका लागि प्राविधिक विद्यालयबाट आउनुभएका श्रृष्टि बराइलीले बच्चाहरुलाई सामान्य रुघखोकी लाग्दा पनि कोरोना लाग्यो भन्दै आत्तिँदै आउने गरेको बताए । रासस


    चैत्र ३, २०७६ सोमवार २०:२९:०९ बजे : प्रकाशित


    सम्बन्धितसमाचार

    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana