Logo

बुधवार, माघ ७ गते २०७७

टिम्स कार्ड वितरण बन्द, विदेशी पर्यटक पदयात्रामा जान नपाउने

टिम्स कार्ड वितरण बन्द, विदेशी पर्यटक पदयात्रामा जान नपाउने

नेपालपाना चैत्र ७ २०७६
  • 1.0K
    SHARES
  • टिम्स कार्ड वितरण बन्द, विदेशी पर्यटक पदयात्रामा जान नपाउने

    काठमाडौं । नेपाल पर्यटन बोर्डले आजैबाट पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स)कार्ड वितरण बन्द गरेको छ । 

    बोर्डले टिम्स कार्ड वितरण बन्द गरेसँगै आजदेखि विदेशी पर्यटक पदयात्रामा जान नपाउने भएको छ । नेपालमा पदयात्रामा जाने सबै विदेशीले टिम्स लिनुपर्छ ।

    नेपालमा नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपालले टीम्स कार्ड वितरण गर्दै आएका छन् । यो समय नेपालमा पदयात्रामा जाने मूख्य मौमस हो । पर्वतारोहण सिलसिलामा आउने पर्यटक पनि पदयात्रा गर्दै जाने हुँदा पदयात्रा मार्ग यस समय भरिभराउ हुनुपर्ने थियो ।

    चैत्र ७, २०७६ शुक्रवार २१:३३:०२ बजे : प्रकाशित

    नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana