साथी, आज तिम्रो जन्म दिन !

  |   प्रकाशित :

- मनु बुढाथोकी 

साथी, आज तिम्रो जन्म दिन !
बा-आमाको घरको संघारमा लक्ष्मीले पाइला टेकेको त्यो प्रिय दिन
उपहार स्वरुप मिठो सम्झना अनि धेरै शुभकामना, स्वीकार ल
याद गर त ! कति रमाइला थिए है ती दिनहरु ?
जब तिम्रो र मेरो सामीप्यता झाँगिदै थियो
हरेक दिनको क्याम्पसको पढाई सकी त्यो नजिकको स्तुपामा
घण्टौं बसेर भबिष्यको प्लान शेयर गरेको
कति सुमधुर थिए है ती कहानीहरु ?
अपरिपक्व दिमागले सयौँ सपनाहरु बुनेको !

हो, आजै जस्तो लाग्छ त्यो दिन
जब केटाहरुले नजीक आएर जिस्क्याउँदा
तिमीले मज्जासँग थर्काएको, हा हा हा …

समय हुँँदा कहिले तिमी मेरो डेरा त
कहिले म तिम्रो डेरा पुग्थें
पढाई र भबिष्यको चिन्ता छोडी
वर्तमानका दुःख–सुख बाढ्ने गर्दथ्यौं

आहा ! साँच्ची नै यादगार थिए ती दिनहरु
तर, आज भौतिक रुपमा एक–अर्कासँग टाढा छौं
जहाँ रहे पनि तिम्रो जीवन सदा खुशी रहोस् साथी
जन्म दिनको कोशेली यहि शब्दलाई स्वीकार है !

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech