Logo

शुक्रवार, मंसिर १९ गते २०७७

भोको पेटलाई एकपत्रे मास्कले कतिदिन बचाउला र सरकार ?

बैशाख १९ २०७७
  • 46
    SHARES
  • भोको पेटलाई एकपत्रे मास्कले कतिदिन बचाउला र सरकार ?

    काठमाडौं । आजकाल, लकडाउन पछि दैनिकी फेरीएको छ । प्राय सुर्यको कीरणसँगै उदाँउन पनि नसक्ने म ,लकडाउनले गर्दा केहि हद सम्म ब्यक्तिगत अनुशासनलाई पनि परिवर्तन गरीदिएको छ ।

    यसले आफुलाई अपग्रेड गर्ने मौका मिलेको पनि भान हुन्छ, यदाकदा । सँदा झै बिहान जुरुक्क उठेर नित्यकर्म पश्चात बस्ति नजीकै रहेको कपन मिलनचोकको तरकारी बजार तर्फ पाईला मोडिए । अलि पर पुगेपछि एक अधबैँशे (हार्ड्ली ३५,४०बर्षकी) दिदी मेरो अगि अगि हिडेरहेकी थिईन् । हिड्दा हिड्दै बिचको राममन्दिर चोकमा पुग्न नपाउँदै देखिन लागे पहेलो कलरमा बिचबिचमा कालो धर्का कोरीएका हाफ बाउला वाला, हेर्दा लाईफ ज्याकेट जस्तो देखिने आउटर लगाएका ४,५ जनाको ग्रुपमा छरिएका ति शरिरहरु ।

    हामी एकअर्काको अगिपछि भएर चोकमा पुग्दा नपुग्दै एकजनाले उकुसमुकुस भएको आवाजमा भन्दै थिए, मास्क खोई दिदी ?, तर म भन्दा अगाडी हिडीरहेकी ति दिदीले सुनेको नसुने झैँ गरेर आप्नो सुरमै हिडीरहिन् । त्यस्तै केहि पाईला अगाडि रहेका हाफ् ज्याकेट वालाले उस्तै गुम्सिएको आवाजमा झर्किदै  बोले,मास्क लगाउनु पर्दैन ?,
     
    दिदीले केहि नबोली गलामा भिरेको स्कार्फ देखाउँदै सिम्बोलिक प्रतिकृया दिईन्, तर फेरी आवाज आयो, यो देखाएर हिड्ने समय होईन । बस्, मलाई भने प्रतिकृया हेर्नु थियो, झडंग रीसाएको आवाज सँगै मिसीएको त्यो एक्सप्रेसनको । उनिहरुको ,जो सामान्य ठाँउमा रहदाँ म जस्तै सर्बसाधरण र यतिबेला बिभिन्न संघ संस्थाले वा कुनै सम्बन्धित निकाए बाट खटिएका हुदाँहुन्, क्षणिक पेशागत पद पाएका भोल्युण्टिएर...

    पछाडी उस्तै हुलियामा हिडीरहेकी म, थाहा थियो मैले पनि त्यो सुन्नु पर्ने छ । त्यसैले, आफु भने सचेत रहेको भान गराँउदै पाईला अगि बढाँए । अलि पर पुगेपछि ति अधबैँशे दिदीसँग कुरा गर्ने उत्सुक्ता जाग्यो । 

    (स्क्युज्मी दिदी.. अ..सन्चै हुनुन्छ ?) एकसुरमा हिडेको मान्छे, अपरिचित आवाज पछाडिबाट आएको सुनेपछि झसँग हुदै फनक्क फर्किदै थोरै मलिनो अनि पिडाबोध गराउने जस्तो आवाजमा..ठिक छु..मात्र भनिन् । अपरिचित भएकोले होला उभिएर एक्छिन टोलाईसकेपछि, मैले बहिनीलाई चिनीन नि... भन्ने बाणि मेरो कानमा ठोक्कियो । म थोरै नम्र हुँदै, खास म पनि हजुरलाई चिन्दिन तर पहिला कहिँ हाम्रो भेटघाट भएको जस्तो लागेर बोलाएको ।

    अनुमानका आधारमा उनको प्रतिकृया आयो, तपाई योगा कक्षामा आउनुहुन्थ्यो हो ? मिलनचोक नजीकको कपन पार्टी प्यालेसको प्रांगणमा बिहान बिहान योगा कक्षा हुन्थ्यो, जहाँ मैले पहिला उनँलाई भेटेको थिएँ । 

    यो अवगत गराएपछि मैले अगि भोल्युण्टिएरले गालि गरेको मास्कको प्रसंगलाई जोड्न खोज्दै भने...अ...सब्जि लिन हिड्नु भएको होला, हजुरले पनि मास्क ...लगाउनुभएको रहेनछ, आफ्नो केयर गर्नुहोला । 

    मलिनो आवाजमा उनि बोलिन्, भोको पेटलाई एकपत्रे मास्कले कतिदीन बचाउला र ? यो प्रतिकृयाले मेरो अन्तरकुन्तर चिसो भयो ।

    बिहान बेलुका सीरेटो चल्दा रातो हुने मेरो नाक, दिदीको उत्तरले उसै तातो रातो बनाईदियो । ..डुब्न लागेका सासु ससुरा र दुई बच्चा सँग नारायन चोकमा रहेको एक तल्ले घरमा उनिहरु बस्दारहेछन् ।

    आफु भने योगा संग संगै काठमाण्डौमा चलेको एक प्रशिद्य स्कुलमा टिचिंग पनि गर्दिरहीछन । श्रीमानको भने २ बर्ष अगाडी बैदेशिक रोजगारमा मलेसीया पुगेको ३ महिना मै मृत्यु भएछ । 

    दिदी भन्दै थिईन्, हामी जस्तो अपुरो जिवन बाँचेर हिडेका लाई अहिलेको परिस्थितीमा रोग भन्दा छिटो भोकले ज्यान जाला जस्तो छ.. कस्ले सुन्छ हाम्रो ब्यथा, न कुनै ठुलो सरकारी पदमा आफ्नो मान्छे नै छन्, न त कुनै साहारा..।

    कुरै कुरामा तरकारी बजार पुगियो र आफ्नो आफ्नो छनोट तिर लागीयो । सँदा दुई चार छाक तरकारी बोकेर फर्किदाँ हात गलेर खुत्रुक्कै पर्ने म, आज भने बारबार उनै दिदीको शब्दहरु मानसपटलमा खेलाएर लम्किरहेँ ।

    यि त एउटा प्रतिनिधी पात्र मात्र न हुँन् । उसैपनि देशमा गरीबीको रेखा मुनि रहेका सत्तरी प्रतिशत मानिसहरुको स्थिात लगभग उस्तै नै छ । यता मध्यम बर्गिय परिवारका लागि पनि खल्तिमा रुपैया हुन्जेल लकडाउनको यो असमान्य परिस्थितीलाई गुजार्न सम्भव रहला, तर जुन दिन खल्ति रित्तिन्छ, उनिहरु पनि एक दिन सडकमा नउत्रेलान भन्ने स्थिती पक्कै छैन ।

    यता दुई तिहाईको मातले लठ्ठीएको सरकार भने शत्ताको हानथापमा लडीरहेछ । बालुवाटार, शीतलनिवास लगाएतका आलिशानमा भेला भएर गरेका निर्णयहरुले नागरीकको आयु कतिन्जेलि लम्बिने हो थाहा छैन ।

    बिश्वब्यापि रुपमै क्रुर भएर फैलिएको भाईरस नियन्त्रणका लागि, पछिल्लो समय अझैपनि, के लकडाउन नै सबभन्दा उपयुक्त मेथोड हुन सक्छ त ? भन्ने बिषयले नागरीकहरुमा एक किसीमको तर्क पैदा हुन थालेको छ । 

    यसो सोच्दा, केहि हद सम्म भने लकडाउनले नागरीकमा सचेतना जगाउन त सकिएला तर आज देशमा लकडाउन भएको ३८ दिन भईसक्दा अर्थतन्त्र र मानविय जनजिवन भने धरासायी बन्न थालिसकेको छ ।  

    भाईरस फैलिएको पहिलो राष्ट्र चिन लगायत बिश्वका ठुला ठुला देशहरुले पनि अति प्रभाबित क्षेत्र भन्दा बाहिर, नागरीकको अवस्थालाई मध्यनजर गर्दै लकडाउन खोल्न थालिसकेका छन् । यता सबै भन्दा पछि त्यो पनि एल्लो जोनमा मात्र परेको हाम्रो देशमा भने आफ्नो आफ्नो स्वार्थका लागि हानथाप गर्ने राजनैतिक प्रबित्तिले गर्दा स्थिती झनै बिकाराल हुने स्पष्ट छ ।

    मुल जरामा बसेर नेत्रित्व गरीरहनु भएका माननिय महोदयहरुले यो बेला शक्ति शत्ताको लागी नभई देश र जनताको सुरक्षाको लागी लडिदिनुहोस् ।
    मृत्युको सैँयामा छट्पटाईरहेका असंख्य पिडाहरुको मलमपट्टिको लागी लडिदिनुहोस्, तपाईले होईन, शाषन शत्ताले तपाईलाई पछ्याउनेछ ।

    बैशाख १९, २०७७ शुक्रवार १४:१५:३९ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana