पढाइलाई निरन्तरता दिन वैकल्पिक उपाय

  |   प्रकाशित :

काठमाडौँ । पढाइलाई निरन्तरता दिन सरकारले वैकल्पिक उपाय अपनाउने भएकाे छ ।

लकडाउनका कारण लामो समयदेखि स्थगित भएको  पढाइलाई निरन्तरता दिन सरकारले वैकल्पिक उपाय अपनाउने भएकाे  हाे ।

शिक्षा मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै ‘वैकल्पिक प्रणालीबाट विदार्थीको सिकाइ सहजीकरण गर्ने सम्बन्धी निर्देशिका २०७७’ जारी गरेको जनाएको छ । उक्त निर्देशिकालाई असार १ गतेदेखि प्रदेश र स्थानीय तहका सबै निकायले लागू गराउनु पर्नेछ ।

विभिन्न तहका विद्यार्थीहरुको स्थगित परीक्षा खुलाउने बारे भने शिक्षा मन्त्रालयले निकट भविष्यमा निर्णय लिने जनाएको छ । यसवाहेक अनौपचारिक शिक्षा पद्धति जस्तै अनुभव, ज्ञान सीपलाई योग्यता प्रमाणपत्र दिने प्रक्रियालाई तिव्रता साथ अघि बढाउने पनि मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech