Logo

आइतवार, श्रावण १० गते २०७८

सरकारी ताकेताको भद्र अवज्ञा गरौंः सभापति देउवा

सरकारी ताकेताको भद्र अवज्ञा गरौंः सभापति देउवा

नेपालपाना जेठ २१ २०७७
  • 3.1K
    SHARES
  • सरकारी ताकेताको भद्र अवज्ञा गरौंः सभापति देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारी ताकेताको भद्र अवज्ञा गर्न आग्रह गरेका छन् ।

    प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति देउवाले जेठ २५ भित्र कर तिर्नुपर्ने सरकारी ताकेताको भद्र अवज्ञा गर्न करदाताहरूलाई आग्रह गरेका हुन् ।

    आन्तरिक राजस्व विभागले जेठ २५ भित्र कर चुक्ता गर्न करदाताहरूलाई आग्रह गरेको छ । नभए जरिवाना लाग्ने उसले बताएको थियो । यसको व्यवसायीहरूले विरोध गरिरहेका छन् ।

    कांग्रेस सभापति देउवाले लकडाउनका कारण समस्यामा परेका साना ठूला व्यवसायीहरुलाई राहत दिनुको सट्टा लकडाउनको समयमा कर तिर्न ताकेता गरेर सरकार नागरिकको पीडाप्रति असंवेदनशील बनेको आरोप लगाएका छन् ।

    करदाताले प्रतिकूल परिस्थिति भोगिरहेका बेला सरकारले सहजीकरण गर्नुपर्ने भन्दै उनले भनेका छन्, ‘सरकारले त्यो जिम्मेवारी निर्वाह नगरेर अनुदार ढंगले ताकेता गर्दा त्यसलाई भद्र अवज्ञा गर्नुभन्दा अर्को विकल्प नागरिकको रहँदैन ।’

    अनावश्यक खर्च घटाउन मितव्ययिताका लागि गर्नुपर्ने वा गर्न सरकार गम्भीर नभएको तथा पीसीआर परीक्षण गरेर साना(ठूला व्यवसाय क्रमशः सञ्चालन गर्ने कार्ययोजना नबनाएको भन्दै उनले सरकारको आलोचना गरेका छन् ।

    जेठ २१, २०७७ बुधवार १५:४६:१७ बजे : प्रकाशित

    नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana