कोभिड-१९ को संकटबाट उकास्नका लागि नेपालले ४२ अर्ब ऋण लिने

  |   प्रकाशित :

 
काठमाडौं । नेपालले विश्व बैंक र एसियाली विकास बैंकबाट ऋण सहायता लिने भएको छ । 

कोभिड-१९ को संकटबाट उकास्नका लागि विश्व बैंक र एसियाली विकास बैंकले ऋण सहायता प्रदान गर्ने भएको हो । विश्व बैंकले १२ अर्ब र एसियाली विकास बैंकले ३० अर्ब रुपैयाँ ऋण सहयोग दिन लागेको जनाइएको छ।

विश्व बैंकले बुधबार कोभिड–१९ को संकटबाट बाहिरिन नेपाललाई करिब १२ अर्ब रुपैयाँ (१० करोड अमेरिकी डलर)को विकास नीति ऋण (डीपीसी) स्वीकृत गरेको हो । संकटकालीन समयमा र संकटपछि पुनर्बहालीका लागि नेपालमा विद्युत् क्षेत्रलाई सबल पार्न विश्व बैंकले यो ऋण दिएको हो ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech