कोरोना कहरबीच चुनावी सभा सुरु गर्दै अमेरिकी राष्ट्रपति ट्रम्प

  |   प्रकाशित :

एजेन्सी । ह्वाइट हाउसमा पत्रकारहरुलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चार राज्यमा चुनावी सभा गर्ने बताएका छन्।

ट्रम्पले ओक्वामा, फ्लोरिडा, एरिजोना र नर्थ क्यारोलिनामा आफ्नो जुलुस सुरू गर्ने बताएका हुन् । उनले भने, ‘सम्भवतः पहिले ओकाहोमाको टास्लाबाट एउटा जुलुस सुरू गर्ने छु ।’

जुलुस अर्को शुक्रबार आयोजना गरिने छ । यद्यपि उनले कोरोनाको थप संक्रमणलाई रोकथाम गर्न र जोखिम घटाउन यी घटनाहरूको क्रममा कस्तो सावधानी अपनाउने भन्ने बारेमा केही पनि बोलेनन ।

ट्रम्प डेमोक्र्याट नेता जो बिडेनकोबिरूद्ध छन्। राष्ट्रपति पदको लागि चुनाव यस वर्ष नोभेम्बरमा अमेरिकामा हुँदैछ। कोरोनाको कारणले चुनावी र्यालीहरू तीन महिनाको लागि स्थगित गरिएको थियो ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech