Logo

बुधवार, माघ ७ गते २०७७

पाकिस्तान क्रिकेट टीमका पूर्व कप्तान शाहिद अफरीदी पनि परे कोरोनाको चपेटामा

पाकिस्तान क्रिकेट टीमका पूर्व कप्तान शाहिद अफरीदी पनि परे कोरोनाको चपेटामा

नेपालपाना आषाढ १ २०७७
  • 209
    SHARES
  • पाकिस्तान क्रिकेट टीमका पूर्व कप्तान शाहिद अफरीदी पनि परे कोरोनाको चपेटामा

    पाकिस्तान । पाकिस्तान क्रिकेट टीमका पूर्व कप्तान शाहिद अफरीदी कोरोना भाइरसको चपेटामा परेका छन् । कोरोना भाइरसको चपेटामा परेका पूर्व कप्तान अफरीदी केहि दिन अघिमात्रै मुजफ्फराबाद शहर कश्मीर (पीओके) भ्रमण गरेको समाचार बाहिर आएको छ ।

    पाकिस्तानका पूर्व क्रिकेटर गत महिना मुजफ्फराबादमा मास्क बिना र सामाजिक दूरी नगरि भेलामा सहभागी भएका थिए। पाकिस्तानको यस क्षेत्रका अस्पतालहरुमा पीपीई किट र भेंटिलेटर जस्ता कुनै सीओवीआईडी उपकरण उपलब्ध छैन । र पाकिस्तान सरकारले उपलब्ध गराउन इनकार गरेको छ ।

    स्थानीयहरूले पाकिस्तान विरुद्ध क्वारेन्टाइन केन्द्र स्थापना गर्न र बिरामीहरूलाई अन्य क्षेत्रमा सार्नका लागि ठूलो विरोध प्रदर्शन पनि गरेका थिए। कोरोना भाइरसको फैलावटको कारण पाकिस्तानले कब्जा गरेको कश्मीरमा मानिसहरू ठूलो पीडित छन् । 

    किनकि यस क्षेत्रमा उपयुक्त चिकित्सा सुविधाको अभाव छ र कोविड १९ परीक्षण प्रयोगशालाहरू पनि छैन। त्यहाँ ठूलो संख्यामा व्यक्तिलाई ‘एसिम्प्टोमेटिक’ मानिन्छ र चिकित्सा उपचारको अभावका कारण तिनीहरूबाट अरुहरुमा कोरोना भाइरस छिटो भन्दा छिटो फैलिरहेको छ।

    केहि समय अगाडी शाहिद अफरीदीले जम्मु–काश्मीरलाई लिएर ठुलो बयान दिएका थिए । अफरीदीले लण्डनमा भनेका थिए कि पाकिस्तानले हाल काश्मिरको चिन्ता गर्नु आवश्यक छैन, पाकिस्तानले आफनो चार प्रान्तलाई ध्यान दिन आवश्यक छ । 

    “मेरो विचारमा पाकिस्तानलाई काश्मीरको आवश्यकता छैन । यद्यपी, यो भारतलाई दिइन हुदैन । काश्मीरलाई स्वतन्त्रता दिनु पर्दछ जसले कमसेकम मानवता त जिउँदो रहन्छ । मानिसहरुलाई मर्न नदिउँ । त्यहाँ मानिसहरु मरिरहेका छन्, यो दर्दानाक हो, कुनै पनि समुदायको कुनै पनि ब्यक्ति मर्छ भने यो धेरै ठुलो पिडाको विषय हो ।’

    पाकिस्तानमा विश्वभर महामारीको रुपमा फैलीएको कोरोना भाइरस संक्रमितको सँख्या झण्डै डेढ लाख पुगेको छ । त्यस्तै त्यहाँ ज्यान गुमाउनेको सँख्या पनि २७ सय भन्दा बढी पुगेको छ ।  

    आषाढ १, २०७७ सोमवार १५:५७:४३ बजे : प्रकाशित

    नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana