इटालियन सिरीः लुकाकु र मार्टिनेजको गोलमा इन्टर मिलान विजयी

  |   प्रकाशित :

एजेन्सी । इटालियन सिरी एमा इन्टर मिलान विजयी भएको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा मिलान साम्पडोरियामाथी २(१ गोलले विजयी भएको हो ।

मिलानको जितका लागि बेल्जियम स्ट्राइकर रोमेलु लुकाकु र मार्टिनेजले एक एक गोल गरे । साम्पडोरियाका लागि मार्टेन थोर्सबाइले एक गोल फर्काए । खेलको १० औं मिनेटमा नै लुकाकुले गोल गर्दै मिलानलाई अग्रता दिलाए । उनले क्रिस्टियन एरिक्सनको पासमा गोल गर्दै घरेलु टोलिलाई अग्रता दिलाएका थिए ।

त्यसपछि लाउटारो मार्टिनेजले खेलको ३३ औँ मिनेटमा इन्टरको अग्रता दोब्बर बनाए । उनले एन्टोनिओ क्यान्ड्रेवाको पासमा गोल गरेका थिए । दोस्रो हाफमा भने मिलानले गोल गर्न सकेन । दोस्रो हाफमा मोर्टेन थ्रोस्बीले साम्डोरियाका लागि एक गोल फर्काए ।

जीतपछि इन्टर ५७ अंकसहित तेस्रो स्थानमा रहेको छ । शीर्ष स्थानमा रहेको युभेन्टसभन्दा एक खेल कम खेलेको इन्टर ६ अंकले पछि रहेको छ । कोरोनाभाइरसका कारण गत माच ९ देखि स्थगित भएको इटालियन लिग पुनः सुचारु भएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech