Logo

बुधवार, माघ १४ गते २०७७

भारतले कोरोना भाइरसविरुद्धको औषधी पत्ता लगाएको दावी

भारतले कोरोना भाइरसविरुद्धको औषधी पत्ता लगाएको दावी

नेपालपाना आषाढ ८ २०७७
  • 93
    SHARES
  • भारतले कोरोना भाइरसविरुद्धको औषधी पत्ता लगाएको दावी

    एजेन्सी। भारतीय कम्पनी ग्लेनमार्क फार्मास्यूटिकल्सले कोरोना भाइरस विरुद्धको औषधी पत्ता लगाएको दावी गरेको छ। 

    ग्लेनमार्क फार्मास्यूटिकल्सले कोरोनाका हल्का देखि मध्यम बिरामीको उपचारका लागि फैबिफ्लू ब्रान्ड अन्तर्गत एन्टिवाइरल औषधी पेश गरेको छ । कम्पनीले शुक्रबार औषधी उत्पादन र बजारका लागि भारतको कन्ट्रोलर जनरल डीजीसीआइबाट अनुमति प्राप्त गरीसकेको छ ।

    कम्पनीका अनुसार कोरोनाको उपचारको लागि पहिले खानुपर्ने औषधी फेवीपिरावीर हो । उक्त औषधी बजारमा प्रति ट्याब्लेट एक सय तीन रुपैयाँको दरमा उपलब्ध हुनेछ। कोरोना औषधि र खोपका निर्माणका लागि शक्तिशाली देशहरु लागीपरेका छन्। सबै देशको खोप वा औषधि परिक्षण कै क्रममा रहेर्को छ।

    आषाढ ८, २०७७ सोमवार १८:११:२६ बजे : प्रकाशित

    नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana