भारतमा कोरोना संक्रमितको संख्या ४ लाख ५६ हजार पुग्यो

  |   प्रकाशित :

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको सँख्या ४ लाख ५६ हजार कटेको छ । 

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसबाट भारतमा संक्रमित हुनेको सँख्या ४ लाख ५६ हजार १८३ पुगेको भारतिय स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

कोरोना संक्रमणका का कारण भारतमा मृत्यु हुनेको संख्या साढे १२ हजार नाघेको छ। भारतिय स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट १४ हजार ६ सय ८३ जनाको मृत्यु भइसकेको छ।

कोरोनाबाट संक्रमित भएका दुई लाख ५८ हजार ५ सय २३ जना भने उपचारपछि निको भएका छन्। 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech