दिल्लीमा ‘सलह’ आतंक, सरकारद्वारा ‘हाई एर्लट’ घोषणा

  |   प्रकाशित :

एजेन्सी । दिल्लीमा अत्यधिक सलह देखिएपछि सरकार हाई एलर्ट घोषणा गरेको छ । 

दिल्लीको गुडगाँउमा व्यापक मात्रामा सलह देखिएको हो। त्यस कारण उक्त क्षेत्रलाई सरकारद्वारा हाई एर्लटमा राखिएको हो ।

गुडगाँउमा पहिलो पटक यस्तो प्रकारको दृश्य देखिएको हो । आकाशमा व्यापक मात्रामा देखिएको सलहको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको छ । 

भारतलाई दशकौँ पछि सलहले आक्रमण गरेको जनाइएको छ । अफ्रिकी देशबाट सुरु भएको सलहले भारतको थूप्रै राज्यमा रहेको अन्न बाली नष्ट गरेको छ ।

सलहलाई भगाउन त्यँहाका बासिन्दाहरुलाई विभिन्न सामाग्रीद्वारा ठूलो आवाज घरबाट निकाल्न आग्रह गरेका छन् । सलहको नियन्त्रण नभए यसले सम्पूर्ण अन्नबाली नष्ट गर्न सक्ने छ । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech