अमेरिकामा काेराेना संक्रमितको सँख्या २६ लाख ३७ हजार कट्यो, १ लाख २८ हजारको मृत्यु

  |   प्रकाशित :

काठमाडौं । अमेरिकामा कोरोना भाइरस महामारीका कारण १ लाख २८ भन्दा बढीले ज्यान गुमाएका छन् । 

पछिल्लो तथ्याँक अनुसार अमेरिकामा कोरोना भाइरस महामारीका कारण १ लाख २८ हजार ४३७ जनाले ज्यान गुमाएका छन्, भने संक्रमितको सँख्या २६ लाख ३७ हजार ७७ जनालाई संक्रमण भएको छ । 

त्यस्तै १० लाख ९३ हजार ४५६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १५ हजार ८२५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकाको न्यूयोर्कमा अहिलेसम्म ३१ हजार ४८४ जनाको मृत्यु भईसकेको छ भने ४ लाख १६ हजार ७८७ जनालाई संक्रमण भएको छ । 

त्यस्तै क्यालिफोर्नियामा ५ हजार ९३५ जनाको मृत्यु भईसकेको छ भने २ लाख १६ हजार ८९ जनालाई संक्रमण भएको छ । त्यस्तै न्यूजर्सीमा अहिलेसम्म १५ हजार ११८ जनाको मृत्यु भईसकेको छ भने १ लाख ७६ हजार ३५४ जनालाई संक्रमण भएको छ ।

आईतवार अमेरिकामा ४० हजार ५४० जना संक्रमित थपिएका छन् भने २८५ जनाको मृत्यु भएको छ । आईतवार मृत्यु हुनेको यो संख्या जून २१ भन्दा यताकै कम हो ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech