Logo

बुधवार, माघ ७ गते २०७७

कराँचीको स्टक एक्सचेन्जमा हमला, पाँच जनाको मृत्यु

कराँचीको स्टक एक्सचेन्जमा हमला, पाँच जनाको मृत्यु

आषाढ १५ २०७७
  • 67
    SHARES
  • कराँचीको स्टक एक्सचेन्जमा हमला, पाँच जनाको मृत्यु

    काठमाडौं । पाकिस्तानको कराँचीस्थित स्टक एक्सचेन्जमा हमला भएको छ । 

    स्टक एक्सचेन्जमा भएको हमलामा चार आतंकवादीको मृत्यु भएको जनाएको छ । स्टक एक्सचेन्जको भवनभित्र प्रवेश गर्न खोज्ने चार आतंकवादीहरु सुरक्षाकर्मीको कारवाहीमा परेर मरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

    सोमवार बिहान १० बजेको समयमा चारजना आतंकवादी आफ्नो गाडीबाट उत्रेर ग्रिनेड प्रहार गर्दै भवन भित्र प्रवेश खाज्दा सुरक्षाकर्मीको कारवाहीमा परेर उनीहरु मारिएका बताइएको छ । 

    उनीहरुले भवनभित्र पसेर अन्धाधुन्द गोली प्रहार गर्न थालेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । उक्त घटनामा परेर दुई जना सर्वसाधारणको पनि मृत्यु भएको र अन्य केही घाइते भएका समाचारमा उल्लेख गरिएको छ ।

    प्रहरीका सर्जन डा. करार अहमद अब्बासीका अनुसार हालसम्म ५ जनाको शव र प्रहरीसहित सात जना घाइतेलाई डा. रुथ पफाउ सिभिल अस्पतालमा लगिएको छ । अक्रमणकारीहरुबाट हतियारसहित केहि विस्फोट पदार्थ बरामद गरिएको सुरक्षाकर्मीले बताएका छन् ।

    आषाढ १५, २०७७ सोमवार १५:३५:४१ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana