Logo

बुधवार, मंसिर १५ गते २०७८

images

इंग्ल्याण्ड र वेल्सबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल 

इंग्ल्याण्ड र वेल्सबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल 

नेपालपाना श्रावण २ २०७७
  • 14.0K
    SHARES
  • इंग्ल्याण्ड र वेल्सबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल 

    काठमाडौं । इंग्ल्याण्ड र वेल्सबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल हुने भएको छ ।

    इंग्ल्याण्ड र वेल्सबीच आगामी अक्टोबरमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल हुने भएको हो । इंग्ल्याण्डको वेम्बलीमा हुने मैत्रीपूर्ण खेल अक्टोबर ८ मा हुनेछ । कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै दुई टिमबीचको खेल बन्द रंगशालामा हुनेछ ।

    इंग्ल्याण्डले पछिल्ला १२ महिनाभित्र ज्यान गुमाएका आफ्ना पूर्व खेलाडीहरुलाई श्रद्धाञ्जली दिन मैत्रीपूर्ण खेल राखेको हो । पछिल्लो एक वर्ष भित्र इंग्ल्याण्डका विश्वकप विजेता खेलाडी ज्याक चार्लटनसहित मार्टिन पिटर्स, नोर्मान हन्टर र पिटर बोनेट्टीको ज्यान गएको थियो ।

    इंग्ल्याण्ड र वेल्स पछिल्लो पटक २०१६ मा भिडेका थिए । युरोकप दौरान भएको खेलमा इंग्ल्याण्डले २–१ को जित निकालेको थियो ।

    श्रावण २, २०७७ शुक्रवार ०९:५९:०३ बजे : प्रकाशित

    नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana