लेबनानमा एमोनियम नाइट्रेड बिस्फोट, ७० जनाको मृत्यु, ४ हजार जना घाइते

  |   प्रकाशित :

लेबनान । एमोनियम नाइट्रेड बिस्फोट हुँदा लेबनानमा ७० जनाको मृत्यु भएको छ । 

बिगत ६ बर्षअघिबाट गोदाममा राखिएको २७ सय ५० टनको एमोनियम नाइट्रेड बिस्फोट हुँदा लेबनानमा ७० जनाको मृत्यु भएको छ भने ४ हजार बढी घाइते भएका हुन् । 

बिस्फोट लेबनानको राजधानी बेरुतमा भएको हो । झण्डै ७ बर्ष अघि बेरुत शहरको तटीय क्षेत्रमा राखिएको बिस्फोटक पदार्थ पड्किएको लेबनानको सरकारी समाचार माध्यमहरुले जनाएका छन् ।

बिस्फोट भएको पदार्थ २७ सय ५० टन एमोनियम नाइट्रेडको थियो । यो सरकारी पक्षबाटै स्वीकार भएको छ । यो असुरक्षित तवरले स्टोर गगरिएको कारण बिस्फोट भएकोले ठूलो मानवीय क्षति भएको लेबनानका राष्ट्रपति राष्ट्रपति मिशेल एउनले बताएका छन् । 

उनले ट्वीट गर्दै असुरक्षित रुपमा बिस्फोटक पदार्थ राखिएको प्रति आक्रोससमेत जनाएका थिए । उनले ट्वीटमा भनेका छन् ‘२७ सय ५० टन एमोनियम नाइट्रेड असुरक्षित रुपमा स्टोर गरिनु अस्वीकार्य छ ।’ भिडियोमा बिस्फोटपछि धुवाँको ठूलो मुस्लो उड्दै गरेको र आगो दन्किरहेको देखिन्छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech