बेलायत अध्ययनका लागि काश्‍मीरी विद्यार्थीलाई छात्रवृत्ती

  |   प्रकाशित :

बेलायतको कानुनी प्रणालीको विषयमा अध्ययन गर्ने उद्देश्‍यले अघि बढेका काश्‍मीरी विद्यार्थीले लन्डनको क्‍विन्स म्यारी विश्‍वविद्यालयका लागि छात्रवृत्ती प्राप्त गरेका छन् ।

कानुन संकायका विद्यार्थी हसनयन मुस्ताफा ख्‍वाजाले चेभेनिङ छात्रवृत्तीका लागि छनोट भएका हुन् । जसले विश्वभरका १६० देशका विद्यार्थीमध्येबाट छनोट गरेर उक्त छात्रवृत्ती उपलब्ध गराउने काम गर्छ ।

बेलायतमा पढ्न चाहने विश्‍वभरका विद्यार्थीहरुका लागि हरेक वर्ष उक्त छात्रवृत्ती उपलब्ध हुने गरेको छ । यो छात्रवृत्तीका लागि विश्वभरका विद्यार्थीहरुले चाहना राखेका हुन्छन् र परीक्षमा सहभागी हुन्छन् ।

तर, केही सीमितले मात्रै यो छात्रवृत्ती प्राप्त गर्छन् । ख्‍वाजाले भने, "मैले कक्षा १२ सकेपछि कानुन संकायका लागि प्रवेश परीक्षा दिएँ । म काश्‍मीर विश्वविद्यालयमा भर्ना भएँ । त्यहाँका पाँच वर्षको ग्र्याजुएसन कोर्ष सकाए । तीन वर्षअघि हाम्रो विश्‍वविद्यालयबाट छात्राले उक्त छात्रवृत्ती प्राप्त गर्नुभएको थियो । त्यसपछि यो कार्यक्रम अन्तर्गत मैले छात्रवृत्ती पाएँ ।"

यस छात्रवृत्ती अन्तर्गत एकेडेमिक योग्यतासँगै कार्यानुभव पनि आवश्यक पर्छ । "जब मैले यो कुरा थाहा पाएँ मैले एक एनजीओमा इन्टर्न गरेको थिएँ, " उनले भने । उनले छात्रवृत्ती प्राप्त गर्दा आफैंलाई विश्वास नलागेपछि चेभेनिङ सचिवालयमा सम्पर्क गरेर फेरि पुष्टि गरेका थिए ।

उनका साथी अलीले आफ्नो साथीले छात्रवृत्ती प्राप्त गरेकोमा खुसी व्यक्त गरेका छन् । उनले भने, "मेरो साथीले छात्रवृत्ती पाएकोमा म निकै खुसी छु । उ बेलायतमा पढेर आएपछि मानवअधिकारका क्षेत्रमा वकालत गर्न चाहन्छ । जोसँगै पैसा हुँदैन उनीहरुलाई न्याय दिलाउन सहयोग गर्नेछ ।"

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech