कोरोना भाइरस सबैको साझा दुश्मन, सबैजना सँगै लडौंः मन्त्री ढकाल

  |   प्रकाशित :

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस सबैको साझा दुश्मन भएको बताएका छन् । 

काठमाडौंमा बुधबार पत्रकारहरुसँगको अन्तरक्रियामा बोल्दै मन्त्री ढकालले कोरोनाभाइरस सबैको साझा दुश्मन भएकोले सबैजना एउटै कित्तामा उभिनुपर्ने बताएका छन् । 

साथै कोरोनामाथि विजय प्राप्त गर्नका लागि सबैजना सँगै लड्नुपर्ने पनि मन्त्री ढकालले बताएका छन् । उनले भने ‘कोरोनाभाइरस सबैको साझा दुश्मन भएकोले सबैजना एउटै कित्तामा उभिनुपर्छ । कोरोनामाथि विजय प्राप्त गर्नका लागि सबैजना सँगै लड्नुपर्छ ।’ 

कोरोना संक्रमणको दर यही अवस्थामा रहेमा भदौदेखि शैक्षिक संस्था, हवाई उडान र सार्वजनिक यातायात संचालन गर्ने कार्यसूची परिमार्जन हुन सक्ने ढकालले बताएका छन् । फ्रन्टलाइनमा बसेर काम गर्ने डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीको मनोबल बढाउने र उत्साहित बनाउने भूमिका मिडियाले पनि निर्वाह गर्नुपर्ने बताएका छन् । 

‘नेपालमा कोरोना संक्रमणसम्बन्धी जनस्वास्थ्य विज्ञहरूले अनुमान गरेअनुसार साउन २५ देखि भाद्र २ गतेसम्म कोरोना संक्रमणको खराब अवस्था  रहन्छ ।’ उनले भनेका छन् । ‘यो अवस्थामा लकडाउन कडा भए पनि भदौ २ गतेसम्म खराब अवस्थामा पुग्न पनि सकिन्छ भन्ने विज्ञहरूको अनुमान थियो । तर लकडाउन खुकुलो भएमा साउन २५ गतेसम्म संक्रमण दर उच्चतम विन्दुमा पुगी कोरोना संक्रमित ९१ हजारजनासम्म पुग्न सक्छ ।  मध्यमखालको विन्दुमा पुग्दा संक्रमितको संख्या ३९ हजार जना पुग्न सक्ने मन्त्रायलयको विश्लेषण थियो ।’

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech