ओली र प्रचण्डबीच वार-पारको लडाईं शुरु, फुटको संकेत !

  |   प्रकाशित :

काठमाडौं । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच वार कि पारको लडाईं शुरु भएको छ । 

पछिल्लो समयको अध्यक्षद्वय ओली र प्रचण्डबीचको टकरावले नेकपा फुटको संघारमा नेकपा पुगेको छ । ओली र प्रचण्डबीच पार्टी फुटबाट जोगाउन अन्तिम प्रयास हुने भएपनि त्यसले सकारात्मक परिणाम निकाल्ने सम्भावना क्षीण भएको छ । 

ओलीलाई सत्ताबाट हटाइछाड्ने अडानमा प्रचण्ड देखिएका छन् भने ओली कुनै हालतमा सत्ताबाट नहट्ने अडानमा छ । ओली र प्रचण्ड आ आफ्नो तयारीमा जुटेका छन् । हिजो प्रचण्डले फुटको संकेत गर्दै मानसिकता तयार गर्न भनेका थिए । 

लगत्तै आज प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले सचिवालयका चारजना प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठलाई ग्याङ अफ फोरको संज्ञा दिदै विदेशीको इशारामा नेकपा बिघटनमा लागेको आरोप लगाए । उनले चारनेताबीच पदहरुको आकांक्षा र उद्देश्यसहित फुटाउन लागेको टिप्पणी गरे । यसबाट पनि नेकपा अब फुटको संघारमा पुगेको देखिन्छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech