प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाको आरोपः खुमलटार गठबन्धनको रिहर्सल, सत्ताका लागि चार भाइ 

  |   प्रकाशित :

काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सत्ताका लागि चार भाइ कसरतमा लागेको बताएका छन् । 

सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै प्रेस सल्लाहकार थापाले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका चार नेता पार्टी विभाजन र समाप्त पार्ने कसरतमा लागेको आरोप लगाएका हुन् । 

अध्यक्ष दाहाल सहितका चार नेताहरु प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध मोर्चाबन्दी गरेको आरोप लगाए । थापाले प्रचण्डसहित वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ खुमलटार गठबन्धनको रिहर्सलमा लागेको आरोप लगाए । 

अहिले नेता खनाल राष्ट्रपति, प्रचण्ड प्रधानमन्त्री, नेता नेपाल पार्टी अध्यक्ष र नेता श्रेष्ठ उपप्रधान तथा परराष्ट्र मन्त्री बन्ने दौडमा रहेको थापाको आरोप छ । 

https://www.facebook.com/surya.thapa.754918/posts/3219429881482827

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech