चन्द्र भण्डारी भन्छन्ः सभापति लड्न साथीहरूसँग सल्लाह गर्दैछु

  |   प्रकाशित :

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व सभासद डा. चन्द्र भण्डारीले आफु सभापति लड्न साथीहरूसँग सल्लाह गर्दै गरेको बताएका छन् । 

बिहीबार एक कार्यक्रममा कुरा गर्दै उनले यस्तो बताएका हुन् । साथै भण्डारीले पार्टीभित्र पछिल्लो समय देखिएको बहसलाई सामान्य रुपमा लिनुपर्ने बताएका छन् । 

उनले भनेका छन्,‘पार्टी महाधिवेशनमा जान थालेको हुनाले यसलाई महाधिवेशनको परिधिभित्र, विधानभित्र रहेर त्यस तरिकाले महाधिवेशन हुन्छ भन्ने कुरा आश्वस्त पार्नका निम्ति गरिएको छलफल हो ।’

देशको संविधानमा रहेर सरकार चलाउने पार्टीहरू सबैले विधान अनुसार चल्नुपर्छ भन्ने धारणा पनि उनले राखेका छन् । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech