काठमाडौं उपत्यकामा ८ जना कोरोना भाइरस संक्रमित सम्पर्क बाहिर

  |   प्रकाशित :

काठमाडौं । ८ जना कोरोना भाइरस संक्रमित सम्पर्कबाहिर रहेका छन् ।

बुधबार उपत्यकामा संक्रमण पुष्टि भएका १०२ जनामध्ये ८ जना संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कबाहिर रहेको इपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखा (इडीसीडी)ले जनाएको छ ।

इडीसीडीले जनाए अनुसार अनुसार बुधबार बिहानसम्म १६ जना संक्रमित सम्पर्कबाहिर थिए, तीमध्ये ८ जना बिहीबार सम्पर्कमा आएका हुन् ।‘कसैको फोन अफ छ त कसैको फोन उठेको छैन’ इडीसीटीका केस म्यानेजमेन्ट संयोजक उत्तमकुमार कोइराला भन्छन्, ‘बेपत्ता हुनेहरु तराईका जिल्लाबाट आएका थिए ।’

कोइरालाका अनुसार कोही संक्रमितले पाटनमा स्वाब दिएका छन भने कोहीले टेकुमा दिएका छन् । सम्पर्कबाहिर रहेका संक्रमितहरु फरक फरक ठाउँका रहेका छन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech