देशमा थप ३८० जनामा देखियो कोरोना भाइरस संक्रमण 

  |   प्रकाशित :

काठमाडौं । देशमा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

योसँगै देशमा कुल कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २२ हजार ९७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार देशभरका विभिन्न प्रयोगशालामा भएको पीसीआर परीक्षणमा ३८० जनाको रिपोर्ट पोजिटिभ आएको हो।

संक्रिय संक्रमितको संख्या भने ६ हजार पाँच सय ४४ छ। पछिल्लो २४ घण्टामा ४० जना डिस्चार्ज भएका छन्। कुल डिस्चार्जको संख्या भने १६ हजार ३५३ पुगेको छ। 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech