लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा भट्टको नियुक्ति कानुनसम्मत भएन, बदर माग गर्दै अदालतमा रिट दायर 

  |   प्रकाशित :

काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टको नियुक्ति बदर गर्न माग गर्दै अदालतमा रिट दायर भएको छ । 

भट्टको नियुक्ति कानुनसम्मत नभएको भन्दै उत्प्रेषणको आदेशले बदर माग गर्दै अधिवक्ता जयबहादुर भुजेलले पाटन उच्च अदालतमा रिट दायर गरेका हुन् । विभिन्न परियोजनाहरु बीचैमा अलपत्र र जोखिममा पार्ने कार्यमा संलग्न व्यक्तिलाई लगानी बोर्डको सीईओ नियुक्त गर्नु गैरकानुनी भन्दै रिट दायर गरेका हुन् ।

रिटमा ‘यसरी नेपालमा सञ्चालन गरिने परियोजनाहरुलाई संरक्षण तथा सुरक्षा दिने कानुनी व्यवस्थाको उ्रल्लघंनसमेत हुने गरी बीचैमा परियोजना अलपत्र तथा जोखिममा पार्ने कार्यमा संलग्न भएको व्यक्तिलाई उक्त बोर्डको प्रमुख कार्यकारी अधिकृतजस्तो गरिमामय पदमा नियुक्ति गरिने सार्वजनिक निजी साझेदारी लगानी ऐन २०७५ को मक्सद एवं भावना विपरीत भएको प्रष्ट हुँदा बदर भागी छ, बदर गरिपाउँ’ भनिएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech