सिरहा नगरपालिकामा अख्तियारको छापा

  |   प्रकाशित :

सिरहा । सिरहा नगरपालिका अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । 

नगरपालिकाले कोरोना नियन्त्रण तथा रोकथाममा खर्च गरेको रकमको कागजात अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयको अधिकृत नवराज सुवेदी नेतृत्वको टोलीलेछानविनका लागि नियन्त्रणमा लिएको छ ।

कोभिड १९ रोकथाम, नियन्त्रणमा खरिद सम्बन्धी कागजातको प्रतिलिपि छानबिनको लागि नियन्त्रणमा लिएको जनाइएको छ । अख्तियार बर्दिबासका प्रमुख मणिराम ज्ञवालीका अनुसार नगरपालिकाले कोरोनामा खर्च गरेको विवरणमा अनियमितताको गुनासो आएपछि आयोगको टोलीले छानविन थालेको हो ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech