न्युजील्याण्ड कोरोना मुक्त भएपछि प्रधानमन्त्रीले गरिन् राधा कृष्ण मन्दिरमा पूजा अर्चना

  |   प्रकाशित :

काठमाडौं । न्युजील्याण्डका प्रधानमन्त्री जसिंडा अर्डरनले  राधा कृष्ण मन्दिरको भ्रमण गरेकी छन् । 

सेप्टेम्बरमा हुने राष्ट्रिय चुनाव अघि प्रधानमन्त्री अर्डरनले अकल्याण्डको राधा कृष्ण मन्दिरको भ्रमण गरेकी हुन् । न्युजील्याण्ड कोरोना भाइरस संक्रमणबाट मुक्त भएपछि प्रधानमन्त्री अर्डरनले राधा कृष्ण मन्दिरको भ्रमण गरेकी जनाइएको छ । 

अर्डरनले हिन्दु मन्दीर (राधा कृष्ण मन्दिर) भ्रमण गनुैका साथै पुरी, छोले र दालसहितको भारतीय शाकाहारी खाना पनि खाएकी छन् । उनी प्रार्थनामा पनि भाग लिएकी छन् । 

new zealand news, new zeland pm relishes indian food, jacinda ardern indian temple, jacinda ardern indian meal, new zealand covid-19, indian express

न्यूजील्याण्डका भारतीय उच्चायुक्त मुक्तेश परदेशीले पनि अर्डरनसँगै राधाकृष्ण मन्दिर भ्रमण गरेका थिए । यससम्बन्धमा परदेशीले ट्वीट गर्दै अर्डरनले राधाकृष्ण मन्दिरको छोटो यात्रा गरेको जनाएको छ । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech