नेपाल-भारतको साँझा सांस्कृतिक विरासत भत्काउने चर्चहरुको ‘घटिया हर्कत’को पर्दाफास, यी क्रिश्चियन ‘एजेन्ट’हरुले गर्दैछन् षडयन्त्र !

  |   प्रकाशित :

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एकपटक भनेका थिएस् बुद्ध नेपालमा सिद्धार्थका रुपमा जन्मिएका थिए। उनी बुद्ध भारतमा बने। उनले प्राप्त गरेको ज्ञान वोधगयामा मिलेको थियो। बुद्धको स्थान भारतमा सरनाथ, बोधगया, सरस्वती, देभरिया र कोशम्बीमा छ। 

महात्मा बुद्ध नेपाल र भारतको साझा धरोहर हुन्। जस्तो कि माता जानकी र भगवान राम भारत र नेपालका साँझा धरोहर हुन्। तर केही व्यक्तिहरु क्रिश्चियन बनिसकेका छन्, जस्लाई चर्चबाट पैसा दिइन्छ। ती मानिसहरु नेपाल भारतका यस्ता साँझा संस्कृतिक विरासत भत्काउन चाहन्छन्। यी व्यक्तिहरुबाट नेपालीहरु सावधान रहन जरुरी छ। 

स्वागत नेपाल, लोकमणी पौडेल (जो प्रधानमन्त्री केपी शर्मा ओलीलाई सबुत दिइरहेका छन् कि राम नेपालमै जन्मेका हुन्) रवी लामिछाने र कृष्ण पहाडीहरु यस्ता व्यक्ति हुन् जो क्रिश्चियन चर्चसँग जोडिएका छन्। याद रहोस्, पछिल्लो वर्ष स्वागत नेपालले जानकी विवाह समारोहमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको विरोध गरेको निर्णय गरेका थिए।

तर, जब जनकपुरका स्थानीयले उनलाई कुट्नका लागि खोज्न थालेपछि स्वागत आफ्ना ४ साथीसहित जनकपुरबाट भागेर काठमाडौं आएका थिए। पछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आएका थिए। स्वागत नेपालले एक मधेसी पत्रकारलाई समेत क्रिश्चियन बनाइसकेका छन्। 

सामान्यतया हिन्दु, मुसलमान, शिखहरू आफ्नो धर्म मान्नमै सीमित छन् । उनीहरू चुपचाप आफ्नो धर्म मान्दै आएका छन् । धर्म निरपेक्षताको अर्थ पनि त्यही हो । तर, क्रिश्चियनहरू विश्वव्यापी रूपमा धर्म मान्न मात्रै होइन, व्यापक रूपमा फैलाउनमा समेत ठूलो मात्रामा शक्ति, पैसा र हतियार प्रयोग गरिरहेका छन् ।

नेपालमा सुकुम्बासी, गरिब, दलित, जनजाति बस्तीहरूमा क्रिश्चियन साम्राज्यवादले ठूलो संख्यामा चिलहरू पठाएको छ र तिनीहरूले ती बस्तीमा निरन्तर धर्मको शिकार गरिरहेका छन् । क्रिश्चियन साम्राज्यवादकै कारण नेपालमा धार्मिक सहिष्णुता खल्बलिँदै गएको छ ।

धर्म परिवर्तनले हजारौं वर्षदेखि चलिआएका सामाजिक मूल्यमान्यता, संस्कार र सांस्कृतिक धरातलका साथै नेपाली जनताको जीवनशैली र रहनसहनसँग मेल खाँदैन । जबर्जस्ती धर्म परिवर्तनले नेपालको परम्परागत धर्मसंस्कृति, रहनसन, रीतिरिवाजमाथि बलात्कार गरिरहेको छ ।

नेपालमा जुनजुन धर्म मान्ने मान्छेहरू छन्, तिनीहरूलाई स्वतन्त्रतापूर्वक आफ्नो धर्म मान्न, धार्मिक सामाजिक कार्यमा संलग्न हुन पूर्ण अधिकार दिइनुपर्दछ । तर, धर्म परिवर्तनलाई कडाइपूर्वक रोक लगाइनुपर्दछ ।

इसाई धर्मका व्यापारीहरूले शिक्षा र स्वास्थ्यको आवरणमा नेपालमा धर्मान्तरण गरेको पाइन्छ । समयक्रममा त्यसले फराकिलो रूप लिँदै गयो । भूकम्प गएपछि क्रिश्चियन साम्राज्यवादका लागि नेपाल स्वर्णभूमिजस्तै बनेको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech