संसद भंग गर्ने तयारीमा थिए प्रधानमन्त्री ओली, अन्तिम समयमा यसरी रोकियो

  |   प्रकाशित :

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसद भंग गर्ने तयारी असफल भएको खुलेको छ।

पार्टीभित्र आफ्नो चर्को आलोचना र पदबाट हटाउने भनेर नेताहरु एकजुट हुँदा ओली संसद विघटनको निष्कर्षमा पुगेका थिए। यो कुरा हो असरा १३ पछिको । असार १३ को स्थायी कमिटी बैठकमा आफ्नो आलोचना हुने भएपछि ओली सन्चो नभएको भन्दै सुरुमै बाहिरिएका थिए।

उनी बाहिरिएपछि प्रचण्डले बैठक चलाए। स्थायी कमिटी सदस्यले चर्को आलोचना गरे। हटाउनुपर्ने भने। बैठक १६ गतेसम्मका लागि स्थगित भयो। त्यसयता स्थगित हुँदै आएको बैठक यो बीचमा प्रचण्ड नेपाल समूहले एकतर्फी चलाए पनि कुनै निर्णय भने लिएन।

आफूविरुद्ध बहुमतको अस्त्र प्रयोग हुनसक्ने परिस्थितिलाई मध्यनजर गर्दै ओली संसद विघटनको निष्कर्षमा पुगेका थिए। नेकपाका स्थायी समिति सदस्य एवं संसदीय दलका मुख्य सचेतक देव गुरुङले प्रधानमन्त्री ओलीको गतिविधि संसद नै भंग गर्नेतर्फ केन्द्रीत भएको खुलासा गरे। तयारी गरे पनि सबैको विरोधले पछि हटेको उनले बताए।

तत्काल ओली सो कदमबाट पछि हटे पनि पार्टी कमिटीमा आलोचना भइरहने, अध्यक्ष र सरकारको बारेमा पनि आलोचना भइरहे कुनै पनि बेलामा फेरि अघि सर्न सक्ने गुरुङको आशंका छ। एक अन्तरवार्तामा नेता गुरुङले जे भने: असार १६ गतेपछि डेडलकको अवस्थामा स्थिति पुगेको थियो। सोही क्रममा प्रधानमन्त्री ओलीले संसद नै विघटन गर्ने तयारी गरेको भन्ने आयो।

तर विरोधपछि रोकियो। असार १६ पछि एक प्रकारको डेडलक जस्तो भइरहेको थियो, वार्ता पनि भएको थिएन र भए पनि औपचारिकतामा सीमित थियो । २२ गतेको यो खालको हल्लाखल्ला र यस्तो कुरा आइसकेपछि बल्ल दुई अध्यक्षबीच कुराकानी गर्ने अवस्थामा पुगेको देखियो । यो सवै स्थितिले दल विभाजन, संकटकाल, संसद विघटनको कसरत आदि चिन्ताको विषय भयो । तर यो फेरि पनि हुन सक्ने भएकाले सचेत रहन जरुरी छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech