नेकपा विवादविरुद्ध एक ठाउँमा उभिएका ६१ जना सांसद मध्ये अधिकांश प्रचण्ड-माधव पक्षकै, ओली तनावमा !

  |   प्रकाशित :

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीभित्रको विवादविरुद्ध ६१ जना सांसद एक ठाउँमा उभिएका छन्।

हिजाे ६१ सांसदहरुले पार्टी एकताको पक्षमा हस्ताक्षरसहित प्रतिवद्धता सार्वजनिक गरे । उनीहरुले नेकपाको संकट समाधानका लागि नेतृत्वलाई दबाब दिन र पार्टी एकता सुदृढ बढाउने भन्दै प्रतिवद्धता समेत सार्वजनिक गरेका हुन् । 

रोचक पक्ष यो छ कि तीन बुँदे प्रतिवद्धतामा हस्ताक्षरकर्तामा अधिकांश अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर सांसद छन् । पहिलो नम्बरमा हस्ताक्षर गर्ने अमन लाल मोदी प्रचण्ड निकट हुन् भने अन्तिम नम्बरमा हस्ताक्षर गर्ने कृष्णलाल महर्जन माधव नेपालका विश्वासपात्र हुन् । 

६१ जनामा ओली समूहका पनि सांसद छन्। आफ्नै समूहका सांसद प्रचण्ड र नेपाल समूहका सांसदसँग मिलेपछि ओली तनावमा परेका छन्। पार्टी एकताको पक्षमा हस्ताक्षर गर्नेमा अधिकांश प्रचण्ड र माधव नेपाल पक्षधर सांसद देखिएपछि ओली पक्ष झन् सतर्क भएको छ । 

No description available.

No description available.

No description available.

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech