जसपाले गर्यो प्रधानमन्त्रीको कडा आलोचना, 'मानसिक रुपमा अत्यन्तै कमजोर, सीमा नाघेर सबै सिस्टम भत्काउँदै'

  |   प्रकाशित :

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीको कडा आलोचना गरेको छ।

जसपाको केन्द्रीय कार्यकारिणी समितिको चार दिने बैठकले ओलीको स्वास्थ्यबारे पनि बोलेको छ। ‘बैठकले वर्तमान राजनीतिक परिस्थितिको मूल्यांकन गरी मुलुकमा अहिले कोभिड–१९ को महाविपत्तिबाट मुक्त भई नसकेको अवस्थामा केपी ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री ओली शारीरिक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको छ’ केन्द्रीय कार्यकारिणी समितिको शनिबार सम्पन्न बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ।

जसपाले प्रधानमन्त्री ओलीलाई अध्यादेश ल्याएर देशमा पार्टी विभाजन गर्ने तथा प्रतिपक्षलाई भूमिका विहीन गराउने किसिमबाट अधिनायवादी चरित्र देखाएको, संविधान संशोधन गर्ने सहमतिको परिपालना नगरी सरकार टिकाउन साम, दाम, दण्ड, भेद जस्ता अपराध गर्न अग्रसर भएको, राष्ट्रियता जस्तो विषयलाई भारतसँग जोड्ने वालापन देखाएको आरोप समेत लगाएको छ।

नागरिकता सम्बन्धी विधेयकमा लैंगिक विभेद गर्नुका साथै भारत लगायतका देशसँगको पारिवारिक, सामाजिक, धार्मिक, सांस्कृतिक सम्बन्धलाई अवरुद्ध गर्ने प्रावधान राखिएको जसपाको ठहर छ । प्रधानमन्त्री सीमा नाघेर सबै सिस्टम भत्काउन उद्दत रहेको जसपाको आरोप छ। बैठकको अध्यक्षता महन्थ ठाकुर र उपेन्द्र यादवले गरेका थिए।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech