आर्टिकमा चिनियाँ चासोले पश्‍चीमा मुलुकलाई खतरा

  |   प्रकाशित :

चीनको पछिल्लो निशानामा आर्टिक समुद्र परेको छ । पछिल्लो समय प्रकाशित नर्वेजियन रिपोर्टका अनुसार चीनले आर्टिक क्षेत्रमा आफ्नो जानकारी प्राप्त गर्ने संयन्त्रलाई सुदृढ बताउन चिनियाँ सैन्य प्रयास भइरहेको जनाइएको छ । यो पश्‍चिमी मुलुकहरुका लागि ठूलो आर्थिक र सैन्य खतराको विषय हो ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले सन् २०१७ मा औपचारिक रुपमा आर्टिक समुद्री मार्ग हुँदै बेल्ट एन्ड रोड इनिसिएटिभक विस्तार गर्ने नीति अनुरुप श्वेत पत्र जारी गरेका थिए । २०२० नोर्डिक प्रतिवेदनका अनुसार चिनियाँ यी सबै प्रयासहरूले ध्रुवीय क्षेत्रमा भविष्यमा सैन्य गतिविधिहरूलाई प्रबर्द्धन गर्न आवश्यक कूटनीतिक आधार तयार पारेको छ ।

जबकि चीनको नौसेना अझै आर्टिक सर्कल पार गर्न सकेको छैन । पग्लीरहेको हिउँ र नयाँ समुद्री मार्गहरूले चिनियाँ पनडुब्बीहरूलाई उत्तरी अटलान्टिकमा पथ प्रदान गर्न सक्नेछ ।

आर्टिकमा चीनको रणनीतिक उद्देश्यहरूको बारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका लागि ठूलो खतराको विषय बनेको छ ।

गत महिना युरोप र अफ्रिकामा अमेरिकी सेनाका कमाण्डर एडमिरल जेम्स फोगोले भनेका थिए, “हिउँको मात्रा घट्दै गएकोले यस क्षेत्रमा प्रभुत्व स्थापनाका लागि प्रतिस्पर्धा हुने भएको छ । उच्च उत्तरमा प्रशस्त प्राकृतिक संसाधनहरूको साथ वैश्विक चासो आकर्षित भइरहेको र समुद्री मार्गहरू खोलिरहेको छन् । यसमा शक्ति राष्ट्रहरुबीच जुहारी चल्‍नेछ ।"

आर्टिक समुद्रमा चिनियाँ प्रयासहरु भइरहेको भन्‍ने जानकारीपछि पेन्टागनले चेतावनी दिएको थियो । भनिएको थियो, "चीनले आर्टिकमा आफ्नो नागरिक अनुसन्धानको उपस्थिति र आफ्नो सैनिक उपस्थितिलाई सुदृढ पार्नका साथै यस क्षेत्रमा पनडुब्बीहरूलाई परमाणु हमलाविरूद्ध रोक्न सक्ने गरी प्रयोग गर्न सक्छ ।"

बेइजिङले यस क्षेत्रमा वैज्ञानिक स्टेशनहरूको दायरा विस्तार गरिसकेको छ । जसमा मिसाइल उडानहरू ट्र्याक गर्न र सैन्य-सञ्चालन सञ्‍चार सुन्‍न सक्षम हुने सेटेलाइट रिसिभरहरू सामेल छन् ।

तर यो क्षेत्रमा चीनको बढ्दो आर्थिक प्रभाव अझ बढी खतरा हुन्छ । आंशिक रूपमा, यो आवश्यकताद्वारा सञ्‍चालित छ । चीन एक महाद्वीपीय शक्ति हुन अद्वितीय प्रयास गरिएको छ, जुन अझै पनि आफ्नो खाना र ऊर्जा आयातको लागि समुद्री मार्गहरूमा निर्भर गर्दछ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech