अमेरिकामा गयो ठुलो आँधी, १४ जनाको मृत्यु

  |   प्रकाशित :

अमेरिका । दक्षिणी राज्य लुजिआना र टेक्ससमा ठूलो आँधी गएको छ । 

लउरा नामको आँधीका कारण कम्तिमा १४ जनाको मृत्यु भएको र आँधीले ठूलो क्षति पुर्याएको सरकारी अधिकारी र स्थानीय मिडियाले जनाएका छन् । लुजिआनाका गभर्नर जोन बेल एडवर्ड्सका अनुसार शुक्रबार उनको राज्यमा कम्तिमा १० जनाको मृत्यु भएको छ ।

यस्तै आँधीले रुख ढाल्दा लागेर अरु चारजनाको मृत्यु भएको बताइएको छ । आँधीवेहरीका कारण लुजिआनामा शुक्रबार बिजुलीको लाइन समेत काटिएपछि लाखौँको जनजीवन कष्टकर बनेको छ । यससँगै कार्बन मोनोअक्साइडको उत्पादनबाट पनि जनजीवन प्रभावित बनेको बताइएको छ । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech