Logo

शुक्रवार, मंसिर १९ गते २०७७

images

कोरोना भ्याक्सिन बन्नुभन्दा पहिले ७ अर्बभन्दा बढी डोजको सम्झौता गर्यो अमेरिका

नेपालपाना भाद्र १४ २०७७
  • 11
    SHARES
  • कोरोना भ्याक्सिन बन्नुभन्दा पहिले ७ अर्बभन्दा बढी डोजको सम्झौता गर्यो अमेरिका

    काठमाडौं । अमेरिकाले कोरोना भ्याक्सिन बन्नुभन्दा पहिले नै ७ अर्बभन्दा बढी डोजको सम्झौता गरेको छ ।

    अमेरिकाले अक्सफोर्ड–एस्ट्राजेनेको भ्याक्सिन ‘AZD1222′ का साथ एक अर्ब २० करोड डलरको सम्झौता गरिसकेको छ । जसअनुसार, अमेरिकालाई अक्टोबरसम्म ३० करोड डोज प्राप्त हुनेछ ।

    यसका अलावा भ्याक्सिनको आपूर्तिलाई लिएर अमेरिका विश्वको अलग–अलग फार्मा कम्पनीहरुका साथ ६ अर्ब डलरको सम्झौता गर्ने भएको छ । जसमध्ये केही कम्पनीहरुसँग सम्झौता गरिसकेको छ भने केही कम्पनीहरुसँग सम्झौता गर्ने क्रममा रहेको छ । अमेरिकाले जनवरी २०२१ सम्म आफ्नो सबै जनसंख्यालाई कोरोना भ्याक्सिन उपलब्ध गराउने लक्ष्य राखेको छ ।

    यसैगरी बेलायतमा अक्सफोर्ड यूनिभर्सिटीले पनि कोरोना भ्याक्सिन बनाइरहेको छ । तरपनि बेलायतले अन्य दोस्रो देशहरुका साथ भ्याक्सिनका लागि सम्झौता गरिरहेको छ । 

    पछिल्लो हप्ता मात्र बेलायत सरकारले भ्याक्सिनको ९ करोड डोजका लागि अमेरिकाको बायोटेक कम्पनी नोभाभ्याक्स र बेल्जियमको जेन्सेन फार्माक्यूटिकल कम्पनीसँग सम्झौता गरेको छ । उक्त सम्झौताका साथै बेलायतमा ३४ करोड डोज जानेछ । जुन त्यहाँको जनसंख्याको ६ गुणा बढी डोज हुनेछ ।

    यूरोपियल यूनियनले भ्याक्सिनको ६० करोड डोज पहिले नै खरिद गर्ने सम्झौता गरिसकेको छ । जसमा ३० करोड डोज अक्सफोर्ड यूनिभर्सिटीबाट र बाँकी ३० करोड डोज फा्रन्सको फार्मास्यूटिकल कम्पनी सनोफीबाट प्राप्त हुनेछ ।

    भाद्र १४, २०७७ आइतवार १३:२८:३३ बजे : प्रकाशित

    नेपालपाना

    The Social Business Platform.

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana