चीनको थ्री गोर्जेज ड्‌याम खतराको लेभलमा, बढ्यो जनआक्रोश

  |   प्रकाशित :

बेइजिङ । कोरोना महामारीको उद्‌गम स्थल चीनको हुबेइ प्रान्तमा फेरि अर्को चुनौती थपिएको छ । हुबेइस्थित थ्री गोर्जेज ड्याम भरिएर खतराको लेभलमा पुगेपछि बाढीको त्रास फैलिएको छ ।

बाँधमा पछिल्लो समय हालसम्मकै उच्‍च बहाव रेकर्ड गरिएको छ । उक्त घटनापछि अधिकारीहरूले मानिसहरूलाई पानीको सतह घट्ने आश्वासन दिएका थिए ।

चिनियाँ सञ्‍चारमाध्यम अनुसार विश्वको सबैभन्दा ठूलो जलविद्युत बाँधमा प्रवाह ७५ मिटर लिटर प्रति सेकेण्ड रहेको छ । एक सेकेन्डमा ४९.२ मिटर लिटर पानी बाहिर निकाल्न बाँधका ११ आउटलेटहरू खुला गरिएका छन् । यो निर्माणपछिकै सबैभन्दा ठूलो मात्रामा पानी प्रवाह गरिएको बताइएको छ ।

चीनका केही भागहरूमा विगत दुई महिनादेखि ठूलो बाढीहरु आइरहेका छन् । अधिकारीहरूले बारम्बार आश्वासन दिएका छन् कि बाँधले पानीको बहावलाई रोक्न सक्छ ।

तर, बाँध भत्किनसक्ने त्रासका कारण जनआक्रोश बढेको छ । थ्री गोर्जेज ड्यामले एक सेकेन्डमा ९८.८ मिटर लिटर प्रति सेकेण्डसम्मको बहावलाई धान्‍नसक्ने बताइएको ५ । तर, मौसमविद्‍हरुले पानी अझै पर्ने बताएपछि १७५ मिटरसम्म पानीको बहाव हुनसक्ने जनाइएको छ ।

यसैबीच, अधिकारीहरूले देशका धेरै भागहरूमा स्थानान्तरण प्रक्रिया सुरु गरेका छन् । बाँधबाट माथि, सिचुआन प्रान्तको चोङकिङ सहरका अधिकारीहरूले बाढी आउनुभन्दा पहिले करीव ३ लाख मानिसहरुले स्थानान्तरण गरिएको छ ।

चोङकिङमा सडक, पुल, पार्क र वाणिज्य जिल्लाको मुख्य राजमार्गमा बाढी आएको थियो । जसबाट दुई लाख ६० हजार मानिसहरु प्रभावित भएका थिए । २० हजार व्यवसायमा क्षति पुर्‍याएको थियो ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech